२८ आश्विन २०८३, बुधबार

हिमालयन एयरले कात्तिक ११ बाट अन्तर्राष्ट्रिय उडान थाल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

airbus-a319_himalayan-air

काठमाडौँ, ३ भदौ । निजी क्षेत्रको हवाई कम्पनी ‘हिमालयन एयर’ले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । उक्त कम्पनीले आगामी कार्तिक ११ देखि उडान थाल्ने तयारी गरेको हो ।

चीनको तिब्बत एयरलाइन्ससँगको संयुक्त लगानीमा स्थापित उक्त जहाज कम्पनीमा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत र नेपाली उड्डयन उद्यमीहरुको ५१ प्रतिशत लगानी छ ।

उक्त कम्पनीमा यति एयरलाइन्स र बैंकर पृथ्वीबहादुर पाण्डेको समेत लगानी रहेको छ । उडान सम्झौतासम्बन्धी सम्झौतापत्रमा मंगलबार तिब्बत एयरलाइन्स र नेपाली कम्पनीवीच हस्ताक्षर हुँदै छ ।

पहिलो चरणमा एयरबस ए ३१९ सेरिजका दुईवटा जहाजमार्फत् उडान सुरु गर्ने कम्पनीले ३ बर्षभित्र ५ वटा जहाजमार्फत् उडान गर्ने योजना बनाएको छ । यी जहाजमा १२४ सिट संख्या हुने छ ।

पहिलो चरणमा ल्हासा र चेङ्दु उडान थाल्ने हिमालयनले त्यसपछि भारत, मलेसिया, दुबई लगायतका गन्तब्यमा उडान गर्ने छ ।