२८ आश्विन २०८३, बुधबार

भारतीय गायिकाको स्वरमा तीजको गीत (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purnimaनेपाली मूलकी बलिउड गायिका पूर्णिमाले २३ वर्षअघि नेपाली फिल्म ‘कन्यादान’का लागि एउटा गीत गाएकी थिइन्।

‘तीजको लहर आयो बरिलै’ शीर्षकको यो गीत आज पनि तीजको समयमा सर्वाधिक बज्ने गीत मध्ये पर्छ।  तिनै पूर्णिमाले २३ वर्षपछि अर्को तीजगीत गाएकी छन्। संगीतकार शंकर लामिछानेले पूर्णिमालाई फेरि एकपटक तीजगीतमा आवाज भर्ने चाँजोपाँजो मिलाएका हुन्। पूर्णिमाले ‘आफू पनि नाचिन्छ’ बोलको गीतमा आवाज दिएकी हुन्।

संगीतकार लामिछानेले पूर्णिमासँगै भारतीय गायिका साधना सरगमलाई पनि तीजगीत गाउन लगाएका छन्। साधनाले पनि ‘आफू पनि नाचिन्छ’ बोलकै गीतमा आवाज दिएकी छिन्। शब्द उही भए पनि संगीतको शैली फरकफरक रहेकाले लामिछानेले दुई गायिकालाई एउटै गीत गाउन लगाएको जानकारी गराए। ‘एउटा गीत लोकभाकामा छ भने अर्को डिस्कोमा छ। तीजे गीतमा नयाँपन हुन्छ भनेर एउटै गीतलाई फरक फरक शैलीमा प्रस्तुत गरेको हुँ,’ लामिछानेले भने। उनले दुवै गीत मुम्बईमा नै रेकर्ड गराएका हुन्। गीतको म्युजिक भिडियो भने नेपालमा सुटिङ गरिएको छ।