२८ आश्विन २०८३, बुधबार

माथिल्लो मस्र्याङदी–ए जलविद्युत निर्माणको काम करिव आधा सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Middle-Marsyangdi

लमजुङ, २ भदौ । माथिल्लो मस्र्याङदी–ए जलविद्युत आयोजना निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ ।

लमजुङको भुलभुलेस्थित ५० मेगावाट क्षमताको उक्त आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पन्नी सिनोहाइड्रो सगरमाथा पावरले जनाएको छ ।

मस्र्याङ्दी नदीमा निर्माणाधीन उक्त आयोजना अन्तरगत भुलभुलेको ङादीमा बाँध निर्माण कार्य ९६ प्रतिशत सकिएको छ भने बाँधस्थलमा ३० हजार घनमिटर कंक्रिट र २३ हजार घनमिटर फिलिङको काम सम्पन्न भएको छ ।

११ हजार ४५ कामदार कार्यरत उक्त आायोजनाको काम २०१५ भित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाको ५ किलोमिटरभन्दा लामो सुरुङमा २ हजार ६ सय मिटर खनिसकिएको छ । हाल आयोजनाको पुल, सडक र पावरहाउस निर्माणको काम भैरहेको छ ।

२०७३ असोजदेखि बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा बनिरहेको हो ।

रन अफ रिभर प्रविधिमा बन्ने आयोजना निर्माणका लागि करिब १३ अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।