काठमाडौँ, २ भदौ । मलेसीयामा जारी एसीसी यू–१६ क्रिकेटमा नेपालले लगातार चौथौ जित हाँसिल गरेको छ ।
बहराइनलाई १८६ रनले पराजित गर्दै नेपाले लगातार चौथो जित हात पारेको हो ।
प्रतियोगितामा लगातार चौथो जितसँगै नेपाल उपाधि नजिक पुगेको छ । नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको बहराइन २४.४ ओभरमा ४७ रन जोड्दा अलआउट भयो ।
यसअघि सिलांगोर टर्फ क्लबमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २३३ रन बनाएको थियो ।
नेपालका लागि प्रनित थापाले अविजित ७० रनको योगदान दिए । रवि चन्दले ३३ रन जोडे ।
आइतबार भएको खेलमा नेपालले ओमानलाई १०२ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले अब अन्तिम खेलमा मंगलबार आयोजक राष्ट्र मलेसियाको सामना गर्नेछ ।














प्रतिक्रिया