२८ आश्विन २०८३, बुधबार

टिभी खोल्न पनि जान्दैनन् मनमोहन सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manmohan-Singh

नयाँदिल्लीं, २ भदौ । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई टिभी खोल्न पनि आउँदैन। उनलाई अण्डा उमाल्न पनि आउदैन। सिंहबारे उनकी छोरी दमन सिंहले लेखेको पुस्तकुस्ट्रिक्ली पर्सनलः मनोहन एण्ड गुरू शरणु ले मनमोहनका जीवनका यस्ता अनौठा लाग्ने विषय खोतलेको छ।

मनमोहनबारे नयाँ तथ्य राखेकैले पुस्तक अहिले भारतमा चर्चामा छ। पुस्तकमा मनमोहन सिंह आफ्ना साथीभाईसँग रमाइलो गर्ने पनि उल्ल्ख छ। उनी आफू निकट मानिसलाई नयाँ नाम पनि दिन्छन्। ‘उहाँ निकट नेम दिन रूचाउनुहुन्थ्यो,’ यो पुस्तकमा लेखिएको छ, ”उहाँले आफू निकट मानिसहरूलाई त्यही निकट नेमबाट बोलाउनुहुन्थ्यो।’ पत्नी गुरशरण कौरलाई पनि मनमोहन सिंहले नाम दिएका थिए- गुरूदेव। नयाँ पत्रिकामा खबर छ ।