२९ आश्विन २०८३, बिहिबार

सर्वोच्चको रिट सुनुवाईपछि मंगलबार चरीको दाहसंस्कार, चरीको पक्षमा को-को वकिल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-chari

काठमाडौं, १ भदौ। कुख्यात डन दिनेश अधिकारी चरीको १३ दिनपछि बल्ल दाहसंस्कार हुने भएको छ ।

अहिलेसम्मम शव नबुझेका चरीका आफन्तहरु मंगलबार दाहसंस्कार गर्नका लागि तयार भएका हुन् ।

आइतबार काठमाडौंको गोंगबुमा चरीका आफन्त, परिवारजन र धादिङका एमाले नेताहरुबीच छलफल भएको थियो । छलफलमा कानुनी तथा राजनीतिक लडाइँ लड्दै काजकिरिया गर्ने निर्णय भएको चरीका दाजु ध्रुबले दैनिक नेपाललाई बताए ।

घटनाका विषयमा प्रहरी जाहेरी लिन नमानेपछि चरीका आफन्तले सर्वोच्च अदालतमा लिएको रिटको सोमबार सुनुवाई हुँदैछ । रिटको पहिलो सुनुवाईपछि दाहसंस्कार गर्ने निर्णय भएको ध्रुबले बताए ।

रिट निवेदनमा चरीको पक्षबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, अम्बर राउत, पुष्पराज पौडेल, नवराज थपलिया, नारायण देवकोटा लगायतका वकिलले बहस गर्दैछन् । बरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, हरि फुँयाल, दिनेश त्रिपाठी लगायतसँग पनि चरीका आफन्तले बहसका लागि सहयोग मागेका छन् ।