काठमाडौं, १ भदौ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा १ अर्ब ३१ करोड रुपैयाँ गरेको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७०–०७१ मा खुद नाफा ३२ प्रतिशतले बढाएको छ । यस अवधिमा बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकले गत आवमा ३ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ६० करोड ३८ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब २८ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षमा बैंकले जोखिम व्यवस्था कोषबाट ८६ करोड ७५ लाख रुपैयाँ फिर्ता गर्न सफल भएको छ । यो रकम मुनाफामा जोडिने हुँदा बैंकको खुद नाफा उच्च भएको हो ।
असुल नहुने सम्भावना रहेका ऋणवापत कोषको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ । बैंकले गत आर्थिक वर्षका लागि ६३ करोड ८९ लाख रुपैयाँ सम्भावित जोखिम वापत व्यवस्था गरेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ५.३२ प्रतिशत रहेको निष्त्रिmय कर्जा गत आवमा ३.९ प्रतिशतमा झार्न सफल भएको छ । पूँजीकोष अनुपात गत वर्ष २.९४ प्रतिशतबाट बढेर ५.६ प्रतिशत पुगेको छ । बैंकको आधार दर ६.३२ प्रतिशत रहेको छ ।














प्रतिक्रिया