काठमाडौं, १ भदौ । राष्ट्रिय तेक्वान्दो युनियन नेपालले दक्षिण कोरियाको इन्चोन सहरमा हुने १७औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि सात खेलाडी छनोट गरेको छ ।
असोज ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आज छनोट भएका खेलाडीमा ५४ केजी तौल समूहमा रविन अधिकारी, ५८ केजीमा मिनमर लामा, ६२ केजीमा अजयकुमार रिजाल र ६२ केजी तौलसमूहमा समनकुमार श्रेष्ठ छन् ।
त्यस्तै, ७४ केजीमा डम्बरबहादुर बोहरा, ८० केजीमा जनकराज पाण्डे र ८७ केजीभन्दा कम तौल समूहमा धीरेन्द्रसिंह कठायत क्षेत्री छन् । टिम प्रशिक्षकमा भने राजु क्षेत्री छन् ।
नेपालमै भएको विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई छनोट गरिएको तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।
उहाँले छनोट भएका खेलाडीलाई एसियाड सुरु हुने केही साताअघि कोरियामा वैदेशिक प्रशिक्षणका लागि लैजाने योजना रहेको बताउनुभयो ।
तेक्वान्दो युनियनबाट खेलाडीले एसियाडमा भाग लिन लागेको यो पहिलोपटक हो ।














प्रतिक्रिया