बेलायत, १ भदौ । बेलायतको एक बन्दरगाहमा प्रहरीको कन्टेनरमा लुकेर आएका ३५ जनालाई बेलायती प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेल्जियमको जीब्रगबाट बेलायतको टिलबरी बन्दरगाहमा कन्टेनरमा लुकेर आएको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
कन्टेनरमा रहेका एक जना मृत अवस्थामा फेला परेका छन् । दक्षिण एशियाली मूलका देखिने उनीहरुमा धेरैजसो बालबालिका छन् ।
कन्टेनर बन्दरगाहमा उत्रने बित्तिकै बालबालिका चिच्याएपछि प्रहरीले खानतलासी थालेको थियो । कन्टेनरमा रहेका अधिकांश विरामी परेका छन् । नियन्त्रणमा लिइएकाहरु कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । एजेन्सी














प्रतिक्रिया