२८ आश्विन २०८३, बुधबार

प्रिमियर लिगमा म्यान्यू स्तब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Primeare League– एजेन्सी
लन्डन, १ भदौं । इंलिस प्रिमियर लिग फुटबलको सुरुआती खेलमा म्यानचेष्टर युनाइटेड स्तब्ध बनेको छ । लुईस भान गेलको प्रशिक्षणमा रहेको म्यानचेष्टरलाई स्तब्ध पार्ने क्रममा स्वान्सी सिटीबाट सिगर्डसनले निर्णायक गोल गरे ।

खेलको २८ औँ मिनेटमा कि सुङ युइङको गोलमार्फत स्वान्सीले अग्रता लिएको थियो । तर दोस्रो हाफको ५३ औ मिनेटमा वायनी रुनीले गोल गर्दै घरेलु टोली युनाइटेडलाई खेलमा फर्काए ।

७२ औँ मिनेटमा सिगर्डसनले गोल गरेपछि भने युनाइटेडको केही लागेन । युनाइटेडको हारले टोलीका समर्थकहरुलाई फेरि गत वर्षकै संझना गराएको छ । गत वर्ष युनाइटेडले इंलिस प्रिमियर लिगमा इतिहासकै खराब प्रदर्शन गरेको थियो ।