२८ आश्विन २०८३, बुधबार

गीतकार बने रामचन्द्र पौडेल, यस्तो छ गीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel-Big

काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको गीतकारका रुपमा नयाँ पहिचान थपिएको छ ।

जननायक बिपीलाई विराटनगर भोजपुर, खोटाङ, ओखलढुंगा हुँदै काठमाडौँको सुन्दरीजलसम्म ल्याइएको बाटो र स्थानलाई समेटेर बिपी कोइरालाको विचारयात्राका बारेमा उपसभापति पौडेलले गीत रचना गर्नुभएको हो । विमलराज क्षेत्रीको संगीत रहेको गीतमा स्वयम् क्षेत्री, कृष्णसुधा ढुंगाना, स्मृति शाही, पुष्पा बोहरा र सूर्यकुमार क्षेत्रीले आवाज दिनुभएको छ ।

गीतको रेकर्डिङ सकेर आइतबारदेखि सुरु हुने बिपी विचारयात्राका लागि उपसभापति पौडेल शनिबार विराटनगर जानुभएको छ । बिपी विचारयात्रा अवधिभरि आयोजना हुने नियमित कार्यक्रम र आमसभामा गीत प्रस्तुत हुने गीतकार पौडेलले बताउनुभयो ।

उक्त गीतको बोल ‘नीलो आकाश नेपाली धर्तीको, रातो झन्डा चारतारे क्रान्तिको, बिपी सम्झेर, नेपाल हेरेर …तराई, पहाड हिमाल हेरेर…! रहेको छ ।’ अलङ्कार रेकर्डिङ स्टुडियो अनामनगरले भरेको छ मिनेटको गीतको समयानुकूल मिलाएर छायाङ्कसमेत गरिने गायक सूर्यकुमार क्षेत्रीले जानकारी दिनुभयो ।