बग्दाद, ३ साउन । उत्तरी इराकको कोचो गाउँमा जिहादी लडाकु समूहले दर्जनौं व्यक्तिको आमहत्या गरेका छन् । यस आमहत्यामा मारिनेमा प्रायः अल्पमतमा परेका याजिदी धार्मिक समूहका सदस्य रहेको जनाइएको छ ।
सो कोचो गाउँमा सामूहिक हत्या भएको सरकारी अधिकारी र प्रत्यक्षदर्शीले शनिबार जानकारी दिएका छन् । जिहादी लडाकु समूहले सर्वसाधारणविरुद्ध आक्रमण गर्ने प्रतिबद्धता लिएको इराकी सरकारी अधिकारी होसियार जेबारीले एएफपी समाचार समितिलाई बताएका छन् ।
यस आमहत्यामा करिब ८० व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ । तर, समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन । एएफपी














प्रतिक्रिया