आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

पाकिस्तानी प्रधानमन्त्रीको राजीनामाको माग

दैनिक नेपाल २०७१ साउन ३१ गते १४:५३

ImranKhan-NawazSharif

इस्लामावाद, ३१ साउन । पाकिस्तानका वरिष्ठ राजनीतिक नेता इमरान खानले शनिबार प्रधानमन्त्री नवाज सरिफको राजिनामा माग गर्नु हुँदै गतवर्षको निर्वाचनमा धाँधली भएको हुँदा नयाँ निर्वाचन हुनुपर्ने माग राख्नु भएको छ ।

इस्लामावादमा आफ्ना हजारौँ समर्थकहरूलाई सम्बोधन गदै ४० घन्टे सरकारविराधी पैदलयात्रामा उहाँले सो माग गर्नुभएको हो । उहाँले सरिफको राजिनामा नआएसम्म आफूले अनसन त्याग नगर्ने समेत घोषणा गर्नुभएकोे छ ।

इस्लामावादको व्यस्तबजार इलाका आबपारामा आफ्ना समर्थकमाझ ‘राष्ट्रका लागि सच्चा स्वतन्त्रता प्राप्त नभएसम्म म यो स्थान त्याग गर्दिन’ उहाँले बताउँनु भएको छ ।

आबपारा बजारमा उहाँ विगत दुई दिन अघिदेखि आमरण अनसनमा बस्नु भएको र गत शुक्रबार रातीदेखि हजारौँ समर्थकले समेत उहाँसँग अनसनमा बसी पैदलयात्रा समेत गरेका थिए ।

लाहोरबाट पनि उहाँको हजारौँ समर्थकहरू गत बिहीबारदेखि ३६ घन्टासम्म हिँडेरै इस्लामावादको विरोध प्रदर्शन मिसिन आइपुगेका थिए ।

यता पाकिस्तान सरकारले राजधानीको सुरक्षाका लागि भन्दै सैनिकसमेत करिव ३० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

‘नवाजसँग एउटै मात्र विकल्प बचेको छ राजिनामा गरी तत्काल मध्यावधि निर्वाचन गर्ने , गतवर्षको धाँधलीपूर्ण निर्वाचन स्विकार गर्न सकिदैन, दर्केर परेको पानीझरीकाबीच पनि पैदलयात्रामा सम्मिलित भएका आफ्ना समर्थकमाझ उहाँ यी कुरा भन्नुभएको हो ।

शनिबार ३ बजेदेखि पुनः अनसनमा बस्न सहभागी सवैलाई उहाँले आग्रह गर्नु भएको छ । यस विशाल पैदलयात्रा र हजारौँ जनताका सामुहिक अनसन सरकार र प्रजातन्त्रलाई खतरामा पार्न आयोजना गरिएको होइन हाम्रो मुलुकमा सच्चा प्रजातन्त्र छैन भन्ने पाकिस्तानी जनतालाई सन्देश दिन आयोजना गरिएको समेत खानले बताउनुभएको छ ।

पाकिस्तानी तेहरिक– ए इन्साफ (पिटीआई) पार्टीका अध्यक्षसमेत रहनु भएका खानले सन् २०१३ मा सम्पन्न निर्वाचन अत्यतै धाँधलीपूर्ण रहेको बताउँदै उहाँले निर्वाचन आयोग र पाकिस्तानी सर्वोच्च अदालतले न्याय दिलाउन नसकेको आरोप समेत लगाउनुभएको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित