काठमाडौं, ३१ साउन । नेता बाबुराम भट्टराईले नयाँ पार्टी स्थापना गर्ने तयारी गरिरहेका बेला एकीकृत माओवादीमा अर्को गुट जन्मिएको छ ।
भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि जनाउँदै जिल्ला जिल्लामा समानान्तर समिति बनाइरहेका बेला प्रचण्ड निकटकै अर्का नेता लेखराज भट्टले चौंथो गुट जन्माएका हुन् । यसअघि नै एमाओवादीमा प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठको छुट्टाछुट्टै गुट छ ।
नयाँ गुटमा अधिकांश विगतमा प्रचण्डको नजिक रहेकाहरु नै छन् । प्रचण्डलाई छाडेर नयाँ गुट जन्माउनेमा लेखराज भट्टसहित लीलामणि पोखरेल, अमिक शेरचन, हेमन्तप्रकाश वली, पुष्पविक्रम मल्ल, विकेश श्रेष्ठ, महेन्द्र पासवान, दिलीप साह, उमेश यादव, मुक्साहाम मेन्याङबो ‘मुकेश’, सुरेशकुमार राईलगायत छन् ।
प्रचण्डका अति निकट मानिएका भट्टलाई प्रचण्डले पोलिट्ब्युरो सदस्यमात्र दिएका थिए । तर, त्यसप्रति असन्तुष्टि जनाउँदै उनले पोलिटव्युरो सदस्य त्यागेका थिए । नयाँ गुटमा लागेका प्रचण्डका अति निकट मानिएका पोलिट्ब्युरो सदस्य हेमन्तप्रकाश वलीले पार्टीको मुल नेतृत्व (प्रचण्ड) लाई दक्षिणपन्थी र छद्म दक्षिणपन्थीहरुको चंगुलबाट मुक्त गर्न आफूहरुले अर्को धार निर्माण गरेको दाबी गरे ।














प्रतिक्रिया