२८ आश्विन २०८३, बुधबार

नेप्से परिसूचक यो साता थोरै सुध्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-stock

काठमाडौं, ३० साउन । गत साता ओरालो लागेको नेप्से परिसूचकमा यो साता १२ दशमलव ५३ अङ्कले सुधार आएर अन्तिम दिन १ हजार ३४ दशमलव ३९ अङ्क पुगेको छ ।

गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ८४ अङ्कले घटेर पनि अन्तिम दिन १ हजार ४० दशमलव ५९ अङ्कमा झरेको थियो । अघिल्लो साता परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव ८४ अङ्कले घटेर अन्तिम दिन १ हजार ६६ दशमलव ०९ अङ्कमा पुगेको थियो ।

यही साउनको ४ गते नेप्से परिसूचक १ हजार ८३ दशमलव ५५ मा पुगेको थियो भने त्यसको तीन सातापछि घटेर १ हजार २१ दशमलव ८६ सम्म तल झरेको थियो । फेरि महिनाको पछिल्लो सातामा भने समग्र परिसूचकमा सुधार आएको छ ।

यो साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ४५ अङ्कले बढेर २ सय २१ दशमलव २९ अङ्कमा आइपुगेको छ ।

गत साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ४९ अङ्कले घटेर २ सय २३ दशमलव ०३ अङ्कमा आइपुगेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६३ कम्पनीको आठ ४ सय ६९ कारोबारबाट रू। १ अर्ब १५ करोड १९ लाख ७८ हजार बराबरको २१ लाख ८७ हजार ८ सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

गत साता १ सय ७६ कम्पनीको १९ हजार १ सय ४१ कारोबारबाट रू। २ अर्ब ४३ करोड २६ लाख २३ हजार बराबरको ५२ लाख ४२ हजार ७ सय ४० कित्ता सेयर खरिद बिक्री भएको थियो । यो कारोबार गत साताको तुलनामा ५२ दशमलव ५७ प्रतिशत कम हो ।
समूहगत नेप्से परिसूचकमा वाणिज्य बैङ्क, होटल, बिमा, उत्पादनमूलक र अन्य समूहको प्रवृत्ति सकारात्मक रह्यो भने विकास बैङ्क, वित्त र जलविद्युत् समूहको परिसूचक नकारात्मक रह्यो । तर व्यापार समूहको परिसूचकमा भने कुनै परिवर्तन आएन ।

यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर अग्रस्थानमा रह्योे भने कारोबार भएको सेयर सङ्ख्याको आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेको थियो ।

त्यसैगरी, कारोबार सङ्ख्याको आधारमा रिडी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै कारोबार नभएको स्टक एक्सचेन्जले जानकारी दिएको छ ।