शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

क्रिकेट: नेपालले सिंगापुरलाई हरायो

दैनिक नेपाल २०७१ साउन ३० गते १४:४२

Cricket-u16-nepal

अर्जुन काफ्ले

मलेसिया, ३० साउन । मलेसियाको क्वालालम्पुरमा जारी यु १६ प्रिमियर क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । क्वालालम्पुरको पुचुङ्गस्थित किन्नारा क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिगापुरलाई ४९ रनले जितेको हो ।

टस हारेर व्याटिङ्गको निम्तो पाएको नेपालले सुमित महर्जनको ४१ र प्रनित थापाको ३२ रनको साहयताले ४० ओभरमा ८विकेट गुमाएर १४३ रन वनाएको थियो । कुनै बेला १३ रनको स्कोरमा महत्वपूर्ण ४ विकेट गुमाएर धरमर स्थितिमा रहेको नेपाली इनिङ्गलाइ सुमित र प्रनितको प्रेरणादायी खेलले माथि उकासेको थियो ।

४० ओभरको खेलमा नेपालले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन जोडेको थियो । १४४ रनको लक्ष्य लिएर मैदान उत्रिएको सिंगापुरलाइ सस्तौमा समेटने क्रममा पवन सरार्फले ४ विकेट लिन सफल भए । ३५ ओभर २ बल खेलेको सिगापुरले ९४ रन जोड्न सफल भएको थियो । नेपालले अर्को खेल अगस्ट १७ मा ओमनसँग क्वालालम्पुरको वुकित जलिलस्थित रोयल सेलेङ्गर क्रिकेट मैदानमा खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित