काठमाडौं, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत किसान, मजदुर र आम जनताको परिश्रमबाट निर्माण भएको बताउनु भएको छ ।
उहाँले भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लालकिल्लामा शुक्रवार आयोजित एक विषेश कायृक्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘भारत राजनेता, शासक र सरकारले बनाएको होइन,’ उहाँले भन्नुभयो,’ ‘किसान, मजदुर र आम जनताबाट भारत बनेको हो ।’ उहाँले आफू बहुमतको बलमा भन्दा सहमतिका आधारमा शासन चलाउने पक्षमा रहेको समेत दाबी गर्नुभयो ।
त्यसैगरी उहाँले देशलाई अगाडि बढाउन जति सरकारको भूमिका हुन्छ उत्तिकै विपक्षीको पनि भूमिका हुने बताउनुभयो ।
भारतले आज आफ्नो ६८औं स्वतन्त्रता दिवस भारतभरी विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउँदैछ ।
यसै अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । एजेन्सी














प्रतिक्रिया