काठमाडौं । पति छबि ओझालाई छाडेर सुदर्शन गौतमको मायापिरतीमा रमाएकी रेखा थापाको खास परिक्षा अब सुरु भएको छ ।
छवि बिना रेखा थापाले बनाएको नयाँ चलचित्र ‘हिम्मतवाली’ अब दर्शकमाझ आउनेछ । युट्युब मार्फत यो फिल्मको ट्रेलर पनि रिलिज गरिएको छ । आगामी बडादशैंको फूलपातीका दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा रेखाका साथमा उनका प्रेमी सुदर्शन गौतम संसारकै पहिलो दुवै हात नभएका नायकका रूपमा देखिँदैछन ।
यसअघिको चलचित्रले ‘लंका’ले व्यवसायिक रुपमा सफलता पाएपछि रेखाले आफ्नै ब्यानरमा अर्को नयाँ चलचित्रमा निर्माण गरेकी हुन । यस चलचित्रले रेखा थापालाई पून एकपटक एक्सन लेडीका रुपमा दर्शकहरू माँझ परिचित गराउने भएको छ । यस चलचित्रमा रेखाले खतरनाक स्टन्टका दृश्यहरू दिएकी छन । यो चलचित्र हेर्नका लागी सपाङ्ग दर्शकहरूका लागी २५ प्रतिशत छुट दिइने बताइएको छ ।
चलचित्र ‘हिम्मतवाली’ मा द्धन्द्ध निर्देशन चन्द्र पन्तले गरेका छन । बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको यस यस चलचित्रलाइ रामशरण उप्रेतीले छायाँकन गरेका छन । ‘हिम्मतवाली’मा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ भने आमा सरस्वती थापा निर्माता रहेकी छन । अब रेखाको यो एक्सन प्रधान चलचित्र ‘हिम्मतवाली’लाई दर्शकले कत्तिको रुचाउने हुन त्यो भने प्रर्दशनमा आएपछि नै थाहा हुनेछ ।
अहिले रिलिज गरिएको यस चलचित्रको नयाँ ट्रेलर हेर्नुहोस्:
https://www.youtube.com/watch?v=uavN937pPDI














प्रतिक्रिया