काठमाडौं, २९ साउन । बिहीबार नेप्से परिसूचक ८.१८ अंकले बढेर १०३४.३९ अंकमा पुगेको छ ।
जलविद्युत र विकास बैंक समुहको सूचक भने बिहीबार घटेको छ । जलविद्युतको १३.०३ र विकास बैंक सूचक १.९ अंकले घटेको हो ।
वाणिज्य बैंक समूहको सूचक भने ९.०८ अंकले बढेको छ ।
यो समूहको मात्रै २१ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी बीमा समुहको ९१.११, होटल समूहको २१.०३, वित्त कम्पनी समुहको १.४६ र अन्य समुहको सूचक २.३५ अंकले बढेको छ ।
बिहीबार १ सय ४५ कम्पनीका ६ लाख ८९ हजार कित्ता सेयर ३९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।
बिहीबारको कारोबारबाट सिद्धार्थ फाइनान्स, मातृभूमि विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, सहयोगी विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने सिटी डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक कर्णाली डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक लगायतका बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।














प्रतिक्रिया