शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

मार्टिनोले अर्जेन्टिनाको राष्ट्रिय टिम सम्हाल्ने

दैनिक नेपाल २०७१ साउन २८ गते १८:४८

Gerrard-Martino

एजेन्सी, २८ साउन । बार्सिलोनाका पूर्वप्रशिक्षक जेरार्ड मार्टिनोले अर्जेन्टिनाको राष्ट्रिय टिम सम्हाल्ने भएका छन् । यसअघि राष्ट्रिय टिमको प्रशिक्षकको सम्भावित दाबेदारमा उनीसँगै पूर्वखेलाडी डिएगो सिमोनी तथा डिएगो म्याराडोनासमेतको नाम थियो ।

२४ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पु¥याएका अलेक्यान्द्रो साबेलाको सट्टामा मार्टिनोलाई प्रशिक्षकका रूपमा बोलाइएको हो । ‘अहिलेका लागि टोली हाँक्ने सबैभन्दा सक्षम व्यक्ति मार्टिनो नै हुन्,’ अर्जेन्टिनी फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोपा अमेरिका जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनी टोलीलाई उनले दुई वर्षपछि हुने उक्त प्रतियोगिताका लागि तयार पार्नेछन् । कोपा अमेरिकापछि नै मार्टिनोको थप भाग्यपरीक्षा हुनेछ ।

मार्टिनोले बार्सिलोना जानुअघि अर्जेन्टिनाकै निवेल वल्र्ड वाइजलाई प्रशिक्षण दिएका थिए । त्यसअघि सन् २००६ देखि सन् २०११ सम्म उनले पाराग्वेको टोलीलाई प्रशिक्षण दिएका थिए । उनकै प्रशिक्षणमा कोपा अमेरिकाको फाइनलसम्म पाराग्वेले स्थान बनाएको थियो ।

बार्सिलोनालाई भने अघिल्लो सिजन उनले कुनै उपाधि जिताउन सकेनन् । ‘मेरो ध्यान कोपा अमेरिकाका लागि टोलीलाई तयार पार्नु हुनेछ,’ टोली सम्हालेपछि मार्टिनोले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित