काठमाडौं २८, साउन । क्रिष्टियानो रोनाल्डोको दुई गोलले रियल मड्रिडलाई यूइएफए सुपर कपको उपाधिको सफलता मिलेको छ ।
मंगलबार राति भएको खेलमा रियल मड्रिडले सिजनको पहिलो उपाधि हात पारेको हो । उक्त्त खेलमा च्याम्पियन्स लिग विजेता रियल मड्रिडले युरोप लिग च्याम्पियन सेभिल्लालाई २–० गोल अन्तरले पराजित ग¥यो ।
कार्डिफमा भएको खेलमा रियल मड्रिय यो सिजन क्लबमा अनवन्धित गोल्डेन बुट विजेता जेम्स रेड्रिग्वेज र विश्वकप विजेता टोनी क्रुजसहित रोनाल्डो, वेल र करिज बेन्जिमासहित मैदान उत्रिएको थियो ।
खेलको ३० औं मिनेटमा वेलको लङ पासमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।
खेलमा थप गोल हुन सकेन र रियल मड्रिड २–० को जितका साथ च्याम्पियन बन्यो ।













प्रतिक्रिया