कार्गिल, (भारत), २७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले कश्मीरमा छद्मयुद्ध गरिरहेको आरोप लगाउनुभएको छ । पन्ध्र वर्षअगाडि पाकिस्तानसँग युद्धभएपछि कार्गिलमा पुग्ने मोदी पहिलो प्रधानमन्त्री बन्नुभएको छ । उक्त युद्धमा एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
एक दिनअगाडि भारत तथा पाकिस्तानी सेनाबीच गोली हानाहान भएपछि प्रधानमन्त्री मोदी दुर्गम हिमाली नगरमा पुग्नुभएको हो । कश्मीरमा युद्धविराम उल्लङ्घन गरेको आरोप दुबै मुलुकले एकअर्कामाथि लगाउने गरेका छन् ।
सन् १९९९ मा पाकिस्तानी सेना भारतीय सीमामा प्रवेश गरेपछि दुई मुलुकबीच युद्ध भएको थियो । उहाँ यस संवेदनशील क्षेत्रमा पुग्ने पहिलो भारतीय नेता बन्नुभएको छ ।
यसपछि भारतले मुस्लिम बाहुल्य भएको कार्गिलमा ठूलो सङ्ख्यामा सैनिक तैनाथ गरेको छ ।
मंगलबार एक पत्रकारले निकै कम सेना कार्गिलको सडकमा देखिएको बताए ।
प्रधानमन्त्री मोदीले त्यहाँ करिब पाँच हजार व्यक्तिको समूहलाई सम्बोधन गर्दै आफू अहिले आउँदा जनताको तालीको आवाज सुनेको र विमान, बम र गोलीको आवाज सुन्दा पनि आफू यहाँ आएको बताउनुभयो । उहाँ प्रधानमन्त्री बन्नुपूर्व पनि कार्गिल आउनुभएको थियो ।
यसअघि उहाँले लद्दाखको केन्द्र लेहमा सेनालाई सम्बोधन गर्दै पाकिस्तानले छद्मयुद्ध गरेको आरोप लगाउनुभयो । उहाँले सैनिक युद्धमा भन्दा आतङ्कवादबाट बढी मानिस मरिरहेको उल्लेख गर्नुभयो । उक्त जानकारी सरकारी प्रेस सूचना विभागले दिएको हो । रासस÷एएफपी














प्रतिक्रिया