बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

अफ्रिकाका पश्चिमी तीन देशमा इबोला भाइरसबाट एक हजार १३ जनाको मृत्यु

दैनिक नेपाल २०७१ साउन २७ गते १९:१६

Ebola-540x280

जेनेभा, २७ साउन । विश्व स्वास्थ्य संगठनले हालैका दिनमा देखिएको इबोला नामको खतरनाक भाइरसका कारण कम्तीमा पनि १०१३ जनाको ज्यान गएको जनाएको छ ।

प्राप्त समाचारमा अफ्रिकाका पश्चिमी तीन देशमा यो भाइरसको संक्रमण छ । उक्त संक्रमणबाट हालसम्म ती देशका १०१३ जनाको ज्यान जानुका साथै १८४८ जना संक्रमित भएका छन् । सो भाइरसको सङ्क्रमण अगष्टको पहिलो सातादेखि व्यापक मात्रामा देखिन थालेको हो । यसका कारण अगष्टको ७ देखि ९ तारिखसम्ममा यी नागरिकको ज्यान गएको हो ।

पश्चिमी अफ्रिकी देश गुयना, लाइबेरिया, र सियरालियोनमा सो सङ्क्रमण बढ्दो रुपमा रहेको छ । ती देशमा यस भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको छ । सो अवस्थाको जानकारी विश्व स्वास्थ्य संगठनले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको हो ।

यस भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा पनि फैलिन सक्ने भन्दै उक्त संस्थाले सतर्क रहन विश्वका अन्य राष्ट्रहरुलाई पनि आग्रह गरिरहेको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित