आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

धोनीलाई धक्का

दैनिक नेपाल २०७१ साउन २७ गते १८:२४

Dhoni-indiaकाठमाडौं, २७ साउन । भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको सुरक्षामा कटौती गरिएको छ ।

ट्वान्टी–२० विश्वकप जितेपछि धोनीको सुरक्षाका लागि महिला कमाण्डो दिइएको थियो । झारखण्ड पुलिसका वरिष्ठ अधिकारीका अनुसार अब उनको सुरक्षालाई ‘जेड’ श्रेष्ठका ‘वाई’ श्रेणीमा झारिएको छ ।

अब उनको सुरक्षामा रहेका चार निजी सुरक्षा अधिकारीमध्ये दुई मात्र रहनेछन् । पाँच पुलिस भने कायमै रहनेछ ।

यता सुरक्षा घटाउने निर्णयप्रति धोनीका समर्थकहरुले भने चिन्ता व्यक्त गरेका छन् । बीबीसी हिन्दीले जनाए अनुसार धोनी समय समयमा रांचीस्थित आफ्नो घर जान्छन् र जहाँ उनको आमा, बाबु, भाई बहिनी र पत्नी बस्छन् ।

पुलिसका अनुसार निजी सुरक्षाका साथै उनी घर आउँदा जाँदा सुरक्षाको कडा व्यवस्था गरिएको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित