२८ आश्विन २०८३, बुधबार

बैंकका सिइओ गीत बनाउने, पत्रकार नाच्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teej-song-Shova-Govinda

काठमाडौं । पेशाले बैंकका सिइओ हुन्, गीतकार गोविन्दप्रसाद उपाध्याय । तर, संगीतका हरेक विधामा उनी पोख्त छन् । नेपाली दर्शक र स्रोतालाई फरक फरक गीति कोसेली पस्किरहेका उपाध्यायले अहिले तीजलाई ध्यानमा राखेर नयाँ एल्बम ल्याएका छन् ।

गीतकार उपाध्यायको शब्दमा स्वर भरेकी छिन्, गायिका एवं नेपाल टेलिभिजनकी कार्यक्रम प्रस्तोता शोभा त्रिपाठीले । आमाले दिएको रातो सारी र बाबाले दिएको पाउजु बोलको यस गीतमा शोभाले आफैले मोडलिङ पनि गरेकी छिन् । जसलाई दर्शकले निकै रुचाइदिएका छन् । गीतलाई हरि लम्सालले संगीत दिएका छन् ।

गीतकार उपाध्यायले यसभन्दा अघि बजारमा ल्याएका गीतहरु कहिले मिलन कहिले विछोडलगायतका सबै उत्कृष्टताको श्रेणीमा पुगेको थियो ।

सत्यता एल्बम बजारमा ल्याएपछि गीतकार उपाध्यायलाई एउटा सफल गीतकारको श्रेणीमा दर्ज मिल्यो । लगातार अवार्ड हात पारेपछि हौसिएका उपाध्यायले तिज नजिकिँदै गर्दा आफ्नो सांस्कृतिक महत्वलाई पनि गीतबाट प्रस्फुटन गरेका छन् ।

हिन्दू नारीहरुकै तिजको अवसरमा बजारमा ल्याएको तिज कोसेलीमा मौलिकता झल्किएको छ । मौलिक शब्दहरुको समावेश गरेर निर्माण पारिएको उपाध्यायको तिज गीत यतिखेर डिजिटल प्रविधिमा चर्चाको शिखरमा नै छ ।

उपाध्याय तिनै गीतकार हुन्, जसले लामो समयदेखि बिछोडको पीडामा रहेका अन्जु पन्त र उनका पति मनोजलाई सांगीतिक क्षेत्रमा पुनः मिलन गराइदिएका थिए ।