ललितपुर, २४ साउन । राष्ट्रिय सहकारी संघ लिमिटेड नेपालको २२औँ साधारणसभाले पुनः केशवप्रसाद बडालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
संघको विभिन्न पदाधिकारीका लागि शुक्रबार साँझ भएको मतदानबाट राति करिब १२ बजे नयाँ नेतृत्व चयन भएको हो । आगामी पाँच वर्षसम्म कार्यकाल रहने सो सङ्घ २२ सदस्यीय रहने छ ।
संघको उपाध्यक्षद्वयमा मिनराज कँडेल र ओमदेवी मल्ल रहेका छन् । यसैगरी सञ्चालक सदस्यहरुमा मध्यमाञ्चल विकास क्षेत्रबाट माधव दुलाल, पूर्वाञ्चलबाट शिवकुमार डाँगी, पश्चिमाञ्चलबाट भीमप्रसाद तुलाचन, मध्यपश्चिमाञ्चलबाट पदम दाहाल र सुदूरपश्चिमाञ्चलबाट तारा लामा चयन हुनुभएको छ ।
यस्तै अन्य सञ्चालक सदस्यहरुमा प्रभा कोइराला, टीका बुढाथोकी, गोविन्द नगरकोटी, रमेशप्रसाद पौडेल, सुरेन्द्र भण्डारी, बद्रीप्रसाद लम्साल, खेमबहादुर पाठक, दक्ष पौडेल, चन्द्रप्रसाद ढकाल, रामचन्द्रसिंह कुशवाहा र रविन्द्र केसी निर्वाचित हुनुभएको छ ।
यसैगरी लेखा समिति संयोजकमा धर्मदत्त देवकोटा तथा सदस्यहरुमा सोमबहादुर श्रेष्ठ र उमेश महासेठ विजयी हुनुभएको छ ।
नव निर्वाचित अध्यक्ष बडालले सहकारीमा भएको विकृतिलाई हटाउँदै लैजाने बताउनुभयो ।
मध्यमाञ्चल विकास क्षेत्रबाट निर्वाचित भएका माधव दुलालले सहकारीको सिद्धान्तअनुसार सङ्घलाई अगाडि बढाउन आफ्नो विशेष पहल रहने बताउनुभयो ।
राज्यको तीन खम्बे अर्थनीतिअनुरुप सहकारी पनि एक भएकाले राष्ट्रको आर्थिक विकासका लागि यस क्षेत्रको ठूलो भूमिका रहेको उहाँको भनाइ थियो । दुलाल ललितपुर जिल्ला सहकारी संघ लिमिटेडको अध्यक्षमा रही काम गर्दै आउनुभएको छ ।














प्रतिक्रिया