२९ आश्विन २०८३, बिहिबार

राज्यमन्त्रीसँग ८८ तोला सुन, अरु कति छ सम्पत्ति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasad Paisa

काठमाडौँ,२४ साउन । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीको ८८ तोला सुन रहेको छ ।

उहाँले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणअनुसार उहाँकी श्रीमतीको नाममा रहेको काठमाडौँ महानगरपालिका–३ मा १५९ वर्गमिटरमा बनेको घर तथा प्यूठानको मरन्ठाना गाविसमा दुई हजार ५१० क्षेत्रफलको बारी र छ रोपनी खेत आफ्नै नाममा रहेको उल्लेख गर्नुभएको छ ।

राज्यमन्त्री केसीको हिराको गहना एक थान, चाँदीको भाडावर्तन् ३०० तोला रहेको छ । यस्तै उहाँको र श्रीमती विजया केसीको बैंक तथा वित्तीय संस्थामा ४३ लाख ९७ हजार ९२९ रुपैंया नगद र डलर दुई हजार ९८० मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ ।

दुबै जनाको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ३५ हजार ६७१ कित्ता सेयर रहेको विवरणमा समावेश गरिएको छ । त्यसको कुल मूल्य ३७ लाख ६४ हजार २०० रुपैंया बराबरको रहेको छ, भने ३३ लाख ऋण लिएको देखिएको छ ।

यस्तै श्रीमती केसीको नाममा १८ लाखमा खरिद गरिएको एक सवारी साधन रहेको उल्लेख गरिएपनि कुन कम्पनी र कुन मोडलको सवारी साधन हो भन्ने बारेमा कुनै उल्लेख छैन । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधानअनुसार उहाँले पनि सो विवरण सार्वजनिक गर्नुभएको हो ।