काठमाडौं, २३ साउन । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले राजधानीका कुख्यात ‘डन’ दिनेश अधिकारी चरी प्रहरीको जवाफी कारबाहीमा मरेको बताउनु भएको छ ।
गृहमन्त्री गौतमले एमाले सभासदहरुले संसदमा हंगामा गरेपछि शुक्रवार संसदको रोष्टममा नै उपस्थित भएर यस्तो जवाफ दिनुभएको हो । ‘प्रहरी टोलीमाथि चरीले गोली चलाएपछि जवाफी कारबाही गर्दा उनी मारिए हुन्,’ गौतमले भन्नुभयो ।
गृहमन्त्री गौतमले चरी २०६२ सालदेखि विभिन्न अपराधमा संलग्न रहेको र जिल्ला अदालत काठमाडौं तथा जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फैजदारी मुद्दा चलिरहेको पनि बताउनुभयो ।
‘चरी भीमढुंगा हुँदै धादिङतर्फ जान लागेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले शंका लागि पक्राउ गर्दा खोज्दा उनले प्रहरीतर्फ गोली प्रहार गरेकाले जवाफी कारबाहीमा मृत्यु भएको हो’ उहाँले भन्नुभयो ।
घटनाबारे गृह मन्त्रालयले समेत विवरण संकलन गरिरहेको उहाँको भनाई थियो ।














प्रतिक्रिया