पर्वत, २२ साउन । पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला १ जलबिद्युत आयोजनामा कार्यरत कर्मचारी चौबीस घण्टे आन्दोलनमा उत्रिएका छन् ।
आफ्ना मागमा सुनुवाई नभएको भन्दै उनीहरु बिहीवारदेखि चौबीस घण्टे आन्दोलनमा उत्रिएका हुन् ।
निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर प्रालिले निर्माण गरेको जलबिद्युत आयोजनाका कर्मचारी चौबीस घण्टे आन्दोलनमा उत्रिएपछि सबै काम ठप्प भएको छ ।
करारमा कार्यरत रहेका २५ भन्दा बढी कर्मचारीले आफुहरुलाई स्थायी गर्नुपर्ने र तलब बृद्धि गर्नुपर्ने माग राखेका छन । आन्दोलन सफल नभएसम्म काममा नफर्कने अडान उनीहरुको छ ।














प्रतिक्रिया