किर्कुक (इराक), २२ साउन । इराकको ठूलो क्रिश्चियन सहर कराकोस इस्लामिक जिहादी लडाकू समूहले बिहीबार कब्जा लिएका छन् ।
सो सहर र वरिपरिका इलाकामा रहेका कुर्दिस सैनिकहरूले रातभरीमा सो सहरहरू छोडेपछि ती समूहले यहाँ कब्जा गरेका हुन् । उक्त जानकारी त्यस सहरबाट भागेका स्थानीय बासिन्दा र क्रिश्चियन समुदायका धर्मगुरुहरूले दिएका छन् ।
कराकोस सहर र त्यसको वरिपरि इलाका तालकिफ, बर्टेल्ला र कराम्लेस खाली भएको र त्यहाँको स्थानीय बासिन्दा आतङ्ककारीको कब्जामा रहेको किर्कुकका अधिकारी जोसेफ थोमस्ले बताएका छन् ।
कयौँ स्थानीय बासिन्दाले आफूहरू उत्तरी इराकमा प्रवेश गरेको एएफपीलाई जानकारी दिएका बताइएको छ । उत्तरी इराक क्रिश्चियन समुदायको बलियो पकड रहेको क्षेत्रका रुपमा मानिन्छ । एएफपी














प्रतिक्रिया