सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

रसियाको शिविर स्थापनापछि अमेरिका र युक्रेनको चिन्ता

दैनिक नेपाल २०७१ साउन २२ गते १३:५५

ukraine-270x232

युक्रेन, २२ साउन । रसियाले युक्रेनसँगको सीमा क्षेत्रमा शिविर स्थापना गरेको, संरचना निर्माण गरेको र सैनिक गतिविधि बढाएकोमा अमेरिका र युक्रेनले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी उपराष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति पेट्रो पेरोसेन्कोबीच टेलिफोन वार्ता हुँदा रसियाले सीमा क्षेत्रमा सैनिक गतिविधि व्यापक पारेको र ठूलो मात्रामा हातहतियार भण्डारण गरेकोमा आवाज उठाएको ह्वाइट हाउसले उल्लेख गरेको छ ।

गत सोमबारदेखि रसियाले सयौँ बमवर्षक विमान र युद्धजेट विमानबाट सीमा क्षेत्रमा एक हप्ता लामो युद्धकला अभ्यास सुरु गरेको छ ।

यस अभ्यासलाई रसियाले हवाई सुरक्षा प्रणाली चुस्त पार्ने आफ्नो देशको प्रक्रिया भनी बताउँदै आएको छ ।

तर अमेरिकी तथा युक्रेनी नेता द्वयले उक्त गतिविधिलाई रसिया समर्थक युक्रेनी विद्रोहीलाई सैनिक सघाउने प्रपञ्च हो भनी आरोप लगाएका छन् ।

अमेरिकी उपराष्ट्रपतिसँगको टेलिफोन वार्तामा युक्रेनी राष्ट्रपति पेरोसेन्कोले विगतमा सीमा क्षेत्रका आफ्ना सैनिक शिविरमाथि रसियाले जथाभावी बम प्रहार गरेकाले रसियाको अत्याचार बढ्दै गएको बताउनु भएको छ । जवाफमा बाइडेनले युक्रेनी समस्याको राजनीतिक समाधान प्रयासलाई तीव्र बनाउनुपर्ने बताउनुभएको छ ।

सीमा क्षेत्रमा रसियाले गरेको प्रहारका सम्बन्धमा सफाइ दिँदै गत मङ्गलबार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा रसियाका राजदूत भिटाली चर्किनले रसियाले आफ्नो बचाउमात्र गरेको गोली प्रहार सुरु गर्ने युक्रेनी सेनानै हो भनी टिप्पणी गरेका छन् । पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि गरिने उचित प्रयास सदैव रसियालाई स्वीकार हुने समेत उनले बताएका छन् । सिन्ह्वा

(

प्रतिक्रिया
सम्बन्धित