२८ आश्विन २०८३, बुधबार

सिद्धार्थको आर्थिक वर्ष २०७०–०७१ मा ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siddhartha-Bank-building

काठमाडौं, २१ साउन । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७०–०७१ मा ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्ष यस्तो नाफा ४८ करोड २६ लाख रुपैयाँ मात्र थियो । त्यसैगरी बैंकले अघिल्लो वर्षको भन्दा १९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

उक्त खुद नाफासँगै बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएको २६ करोड ६४ लाख रुपैयाँ फिर्ता गरेको छ ।

२०७० असार मसान्तमा १ अर्ब १६ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले २०७१ असार मसान्तमा १ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बिहीवार बैङ्कले प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

गत वर्ष बैंकको खराब कर्जामा उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष कूल कर्जाको २.३९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष १.६९ प्रतिशतमा झरेको छ ।

वित्तीय विवरणमा उल्लेख भए अनुसार वाषिर्क आधारमा प्रतिसेयर आम्दानी ४३.६४ प्रतिशत, मूल्य आम्दानी अनुपात पीइ रेसियो १८.५६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ६२ पैसा रहेको छ ।