२८ आश्विन २०८३, बुधबार

चीनका अर्थमन्त्रीको निम्तो मान्न नेपालका अर्थमन्त्री महत बेइजिङ प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahat– ramsaran

काठमाडौं, २१ साउन । चीनको औपचारिक भ्रमणका लागि अर्थमन्त्री डा. रामशरण महत बुधवार विहान बेइजिङ प्रस्थान गर्नुभएको छ ।

उहाँ चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा चीन जानु भएको हो । भ्रमणका क्रममा महतले चीनका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा अर्थमन्त्री महतले चीनसँगको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने, नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने, आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउनेलगायतका विषयमा छलफल हुने छ ।