२८ आश्विन २०८३, बुधबार

दुई साता हाँसेको हाँस्यै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaijatra

अब आउने शुक्रबारदेखि दर्शकहरु दुइसातासम्म हाँसेको हाँस्यै गर्न पाउने भएका छन् । चर्चित हास्य कलाकारको प्रस्तुति ‘गाईजात्रा महोत्सव’ २०७१ यही साउन २३ गतेदेखि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ । हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसङ्गति हटाउने र मनोरञ्जन दिलाउने उद्देश्यले महोत्सव भदौ ७ गतेसम्म सञ्चालन गरिने आयोजकले बताएको छ ।

चर्चित हास्य कलाकार दमन रुपाखेती, विष्णु सापकोटा, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, पार्वती राई, लक्ष्मण गाम्नाङे, कमल गाउँले र गायिका ईन्दिरा जोशीलगायतले आफ्नो प्रतिभा प्रस्तुत गर्ने आयोजक ओरियन्टल इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश पुडासैनीले जानकारी दिनुभयो ।

प्रत्येक दिन साँझ साढे ५ बजेदेखि ८ बजेसम्म दिनको एकपटक हुने र बिदाको दिन भने दुईपटकसम्म महोत्सव सञ्चालन हुनेछ । सिस्नुपानी नेपालको विशेष प्रस्तुति रहेको यस महोत्सवमा विगतदेखि नै हास्यव्यङ्ग्य स्रष्टालाई गरिँदै आएको सम्मान कार्यक्रमलाई निरन्तरता दिइने आयोजकको भनाइ छ ।