जेरुसेलम, २० साउन । इजरायल र हमासबीच गाजामा जारी रहेको द्वन्द्वको ७२ घन्टे युद्धबिराम सुरु भएको इजरायलले घोषणा गरेको छ । सो युद्धबिराम स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेदेखि प्रभावकारी हुने जनाइएको छ ।
युद्धबिराम सुरु हुनुभन्दा केही समयअघि मात्र जेरुसेलम र ताल अभिभमा हवाई आक्रमण भएको र हमास समूहका लडाकूबाट मध्ये इजरायलमा रकेट प्रहार भएको एएफपीका सम्वाददाताहरूले जानकारी दिएका छन् ।
इजरायल र गाजाबीच गत जुलाई ८ बाट युद्द सुरु भएको थियो । यसअघिका पटक–पटकका युद्धबिरामहरूको घोषणापछि पनि कार्यान्वयन नगरिएकाले यस युद्धबिरामको पनि पालना हुनेमा भने आशङ्का व्यक्त गरिएको छ । तर, इजरायलले पटक–पटक गर्ने गरेको युद्धबिराम र त्यसको पालना नभएको घटनाको सर्वत्र आलोचना गरिएको छ ।
संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघले पनि युद्धविरामको पालना गर्न पटकपटक इजरायललाई आग्रह गरेका छन् । रासस/एएफ














प्रतिक्रिया