गौशाला, २० साउन । सशस्त्र प्रहरीले गएराति महोत्तरीको मटिहानीमा २० किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको मुसर्निया–६ बस्ने २० वर्षीय नागेन्द्र यादव रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक गोविन्द केसीको नेतृत्वमा खटिगएको टोलीले मटिहानी–९ स्थित बाटोमा साइकलमा गइरहेको युवकलाई शङ्काका आधारमा जाँच गर्दा उनको साथबाट २० किलो चाँदी बरामद गरेको हो ।
पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी गरिरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
केही दिनदेखि महोत्तरीको विभिन्न भारतीय सीमानाकाबाट अवैध रूपमा चाँदी र सुनको तस्करी बढेपछि सशस्त्र प्रहरीले रातिको बेला जाँच बढाएको छ ।














प्रतिक्रिया