२८ आश्विन २०८३, बुधबार

सुनको मूल्य बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौँ, १८ साउन । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला गत शुक्रबारको तुलनामा ६०० सय रुपैंयाले वृद्धि भई कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला रु ५४ हजार मूल्य निर्धारण गरी कारोबार गरिएको जनाएको छ । गएको शुक्रबार प्रतितोला रु ५३ हजार ४०० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य वृद्धि भएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार २८२ अमेरिकी डलर कायम भई कारोबार भएकामा आज एक हजार २९५ कायम भएको छ ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ५३ हजार १५० मा कारोबार भएकामा आज त्यसको मूल्य ५३ हजार ७५० रह्यो ।

असली चाँदीको मूल्यमा पनि शुक्रबारको तुलनामा प्रतितोला सात रुपैंयाले वृद्धि भई ८२९ रुपैंया मूल्य रह्यो ।