२८ आश्विन २०८३, बुधबार

ऊर्जा र पूर्वाधार विकासमा भारतद्वारा एक अर्ब अमेरिकी डलरको सहयोग प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi

काठमाडौँ, १८ साउन । भारतले ऊर्जालगायत पूर्वाधार निर्माणमा एक अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । आयात निर्यात बैंकमार्फत‘कन्सेसनल लाइन अफ क्रेडिट’अन्तर्गत उक्त रकम उपलब्ध गराउन भारतले त्यस्तो प्रस्ताव गरेको हो ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री मोदीले एक अर्ब अमेरिकी डलर सहयोगको प्रस्ताव गर्नुभएको अर्थमन्त्री डा रामशरण महतले बताउनुभयो ।

वार्तामा सीमा व्यवस्थापनलगायतका विषयमा थप गृहकार्य गरेर अघि बढ्ने समझदारी भएको बताउँदै विद्युत् व्यापार सम्झौता (पिटिए) ४५ दिनभित्र गर्नेमा दुवैपक्ष सहमत भएका पनि जानकारी दिनुभयो ।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री कोइराला, अर्थमन्त्री डा. महत, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्राई, मुख्यसचिव लीलामणि पौड्याल, प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरु शान्तराज सुवेदी र नारायणगोपाल मलेगो तथा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शंकरदास वैरागीलगायत हुनुहुन्थ्यो ।

यसैगरी भारतीय पक्षबाट प्रधानमन्त्री मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल, विदेश सचिव सुजाथा सिंह, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, विदेश मन्त्रालयका सहसचिवहरु सैयद अक्वरुद्दिन र अभय ठाकुरलगायत सहभागिता थियो ।