आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

क्लाउडियालाई चार स्वर्ण

दैनिक नेपाल २०७१ साउन १८ गते ७:१८

Claudiaग्याँसगो, १८ साउन । ८४ वर्षपछि कमनवेल्थ खेलकुदको एकै संस्करणमा एक इंलिस महिलाले चार स्वर्ण जितेकी छिन् ।

क्लाउडिया फ्रागापानेले स्कटल्याण्डको ग्लाँसगोमा जारी कमनवेल्थ खेलकुदमा जिम्न्याष्टिकका विभिन्न चार स्पर्धामा स्वर्ण जितेकी हुन् । क्लाउडियाले भोल्ट, अलराउन्ड गोल्ड र टिम गोल्डमा यसअघि नै स्वर्ण जितेकी थिइन् ।

उनले बिम इभेन्टमा समेत स्वर्ण जितेर इङल्याण्डको सर्वाधिक सफल महिला जिम्न्याष्टिक खेलाडी बन्ने किर्तिमान राखिन् । यसअघि सन् १९३० मा जोयकी कुपरले पौडीका विभिन्न चार स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

‘८४ वर्षपछि पहिलो पटक एकै प्रतियोगतामा चार वर्ष जित्ने इंलिस महिला बन्न पाउँदा निकै खुसी छु । यसलाई शब्दमा व्यक्त गर्ने साहस मसँग छैन् ।’–१६ वर्षिया क्लाउडियाले भनिन् । कमनवेल्थमा पूरुषतर्फ फेन्सिङका बिल होस्केन्यस् र सुटिङका मिक गाउल्टले एकै संस्करणमा चार स्वर्ण जितेको इतिहास छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित