काठमाडौं, १७ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अरनिको राजमार्ग बन्द भएपछि पर्यटकहरुको समेत बिचल्ली भएको छ ।
खासगरि, मानसरोवर गएका सयौं पर्यटक र तातोपानी हुँदै नेपाल आउने चिनियाँ पर्यटक बिचल्लीमा परेका हुन् । पहिरोका कारण अलपत्र परेका ६० जना भारतीय तीर्थयात्रीलाई शनिबार दिउँसो हेलिकप्टर चार्टर्ड गरी राजधानीमा ल्याइएको छ ।
सिन्धुपाल्चोकको कोदारीबाट ६० जना भारतीय पर्यटकलाई उद्दार गरी राजधानी ल्याएको नाटाका उपाध्यक्ष सीएन पाण्डेले बताउनुभयो । ९५ जना पर्यटक हेलिकप्टरमार्फत कोदारी पुगेका छन् ।
दैनिक चार सय पयर्टक नेपाल हुँदै मानसरोवर आउने र जाने गर्छन् । तर, अरनिको राजमार्ग बन्द भएपछि धेरै पर्यटक मर्कामा परेकाले गम्भीर बनिदिन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।














प्रतिक्रिया