बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

चीनको एक कारखानामा विस्फोट हुँदा पैँसठ्ठीको मृत्यु

दैनिक नेपाल २०७१ साउन १७ गते १७:१८

china-new

बेइजिङ, १७ साउन । चीनको पूर्वी भागमा अवस्थित जियाङसु प्रान्तको कुसान नगरमा एक कारखानामा विस्फोट हुँदा ६५ व्यक्तिको मृत्यु भएको समाचार चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले शनिबार दिएको छ ।

उक्त विस्फोट शनिबार बिहान गाडीको भाग निर्माण गर्ने एक कारखानामा भएको बताइएको छ । यसले अमेरिकी गाडी कम्पनीहरूका लागि पनि भाग बनाउने गरेको सरकारी सञ्चारले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा कामदारले उच्च तापक्रम वा खुला ज्वाला आवश्यक पर्ने धातुमा पालिस गर्दा धुलो उत्पन्न भइ उक्त विस्फोट भएको देखिएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले आफ्नो माइक्रोब्लगमा उक्त जानकारी दिएको हो ।

उक्त विस्फोटमा थप १५० व्यक्ति घाइते भएको सिन्ह्वाले जानकारी दिएको छ ।

अनलाइनमा राखिएको तस्वीरमा जलेको शरीर स्ट्रेचरमा लगिएको तथा लुगा जलेको अवस्थामा मानिसहरू जमिनमा बसिरहेको देखाइएको छ । उक्त कारखानामा कालो धुँवा निस्किरहेको पनि तस्वीरमा देखाइएको छ ।

एक प्रत्यक्षदर्शीले सिना वेइबोमा घटनास्थल चिन्नै नसक्नेगरी क्षतविक्षत भएको उल्लेख गरेका छन् । सिना वेइबोलाई चीनमा ट्विटरको रूपमा हेरिन्छ ।

सीसीटीभीले उक्त कारखाना ताइवानी नागरिकको स्वामित्वमा रहेको कुनसान झोङरोङ मेटल प्रडक्ट लिमिटेड भएको बताइएको छ । यस कारखानामा ४५० कामदार काम गर्ने र उनीहरूले अमेरिकी कार उद्योग जनरल मोटर्सलाई पनि सेवा प्रदान गरिरहेको जानकारी दिइएको छ ।

चालीस व्यक्तिको घटनास्थलमै मृत्यु भएको र २० भन्दा बढी व्यक्तिको अस्पतालमा मृत्युभएको प्रसारक सस्थाले जानकारी दिएको छ ।

आगोबाट जलेका व्यक्तिको उपचारका लागि चीनको व्यापारिक केन्द्र सङ्घाइबाट चिकित्सक पठाइएको जानकारी दिइएको छ ।

जियाङसु चीनको तटीय भागमा अवस्थित छ र यहाँ धेरै स्थानीय तथा विदेशी कम्पनीहरू निर्यातका लागि सामग्री उत्पादन गर्छन् । रासस/एएफपी

प्रतिक्रिया
सम्बन्धित