काठमाडौं, १७ साउन । डेभलपमेन्ट बैंकले शुक्रबारबाट औपचारिक रुपमा एकिकृत कारोबार सुरु गरेको छ । तीनवटा संस्था रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक एकआपसमा गाभिएर बनेको ‘रिलायवल डेभलपमेन्ट बैंक’ ले आजदेखि कारोबार सुरु गरेको हो ।
नयाँ बैंकको कारोबारको उद्घाटन राष्ट्र बैंकका गभर्नर डा। युवराज खतिवडाले गरे । राजधानीको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको रिलायबल राष्ट्रियस्तरको विकास बैंक हो ।
मर्जपछि बैंकको चुक्ता पुँजी ६८ करोड २७ लाख रुपैयाँ भएको छ । राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकका लागि ६४ करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।
मर्जपश्चात संस्थाको कूल निक्षेप ४ अर्ब ६२ करोड र कर्जा लगानी ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने शाखा संख्या १६ वटा पुगेका छन् ।
बैंकले रिलायवल रेमिट सञ्चालनमा ल्याएको छ । रेमिटका देशभर करिब २६ सय एजेन्ट छन् भने लमजुङको बेंशीसहरमा रिलायवल माइक्रो फाइनान्स सञ्चालन गरेको छ ।














प्रतिक्रिया