२८ आश्विन २०८३, बुधबार

दुस्मनी छाडेर साथी बने सलमान र शाहरुख

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saharukh-khan-salmanहामी सोच्ने गर्छौं बलिउडका स्टारहरुको कहिलेपनि कसैसँग दुस्मनी हुँदैन भन्ने । तर, हामीले सोचेको जस्तो हुदैन बलिउडका कलाकाहरुको पनि । उनीहरुको पनि निकै ठुलो दुस्मनी हुन्छ, कलाकार कलाकार वीच । त्यस्तै भीडका दुई स्टार हुन्, सलमान खान र शाहरुख खान । केहि बर्ष पहिला दुस्मनझैं रहेका उनीहरु अब भने एक अर्काको प्रशंसा गर्न लागेका छन् ।

शाहरुख खानले शुक्रबार भनेका छन् – ‘सलमान र म निकै नजिकका साथी हौँ ।’

उनले भनेका छन् – ‘हाम्रो पहिलेको दुस्मनी भए पनि अब हामी साथीमा परिणत भइसकेका छौ । हामी अब जहाँ पुग्दा पनि अंकमान गर्ने गर्छौं।’

त्यस्तै सलमानले पनि शाहरुख खानको निकै प्रशंसा गरेका छन् । उनले शाहरुखको निकै प्रशंसा गर्दे बलिउडका किंग शाहरुख खान रहेका बताएका छन् । यो भन्दा अरुलाई समस्या भएपनि आफूलाई शाहरख खानलाई बलिउडको किंग भनेकोमा कुनै समस्या नभएको बताए ।