काठमाडौं, १६ असार । ओम फाइनान्स लिमिटेडले आर्थिक बर्ष २०७०/७१ को असार मसान्तसम्म १४ करोड १६ लाख सञ्चालन मुनाफा गरेको छ ।
फाइनान्सका महाप्रवन्धक बुद्धि मल्लका अनुसार असार मसान्तसम्म फाइनान्सले ४ अर्ब ५० करोड निक्षेप संकलन गरि ३ अर्ब ४३ करोड कर्जा लगानी गरेको छ भने निष्कृय कर्जा १.५५ प्रतिशत, कर्जा निक्षेप अनुपात ६८ %, पुँजी पर्याप्तता १३.१२% र प्रतिशेयर आम्दानी २८% रहेको छ । फाइनान्सले अघिल्लो आर्थिक बर्षको असार मसान्तको तुलनामा निक्षेपमा २०%, कर्जामा ६% र खुद मुनाफामा २८% को बृद्धि गरेको हो ।
फाइनान्सले कामना विकास बैंक लिमिटेडसँग मर्जरमा जानको लागि सैदान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा आवदेन दिएको छ । मर्जरपछि दुबै संस्थाले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा ओम विकास बैंकको नामबाट संयुक्त रुपमा कारोवार गर्ने जनाएको छ ।













प्रतिक्रिया