२८ आश्विन २०८३, बुधबार

पर्यटन बोर्डका फाइल अख्तियारको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subas

काठमाडौँ, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमितता भएको आशंकामा पर्यटन बोर्डमा छापा मारी सबै कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले यसअघि नै पर्यटन बोर्डका फाइलहरु मागेर छानविन थालेको थियो ।

बोर्डमा कायमुकायम कार्यकारी प्रमुख सुवाष निरौलाले भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाउँदै पर्यटन व्यवसायी आन्दोलनमा छन्।

उनीहरुले बोर्डमा भएको भ्रष्टचार र अनियमितता छानविन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राखेपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन भएको थियो ।

अनुसन्धानको क्रममा बोर्डबाट आएका कागजपत्र संकास्पद भएको देखिएपछि अख्तियारले बिहीबार बोर्डमा पसेर सबै फाइलहरु नियन्त्रणमा लिएको हो ।

अख्तियारले विहान ११ बजेदेखि ५ बजेसम्म बोर्डका कागजपत्र खोजेको थियो ।