२८ आश्विन २०८३, बुधबार

शिव परियारले फेसबुकबाटै पोखे आक्रोश, कतारमा अपमान गरिएको गुनासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiva_pariyar

गायक शिव परियारले कतारमा नेपाली समुदायको कार्यक्रममा आफू अपमानित भएको बताएका छन् ।

अन्तरराष्ट्रिय कलाकार मञ्च कतार शाखा र शाश क्रियशनको संयुक्त आयोजनामा इदको अवसर पारेर मंगलबार कतारमा आयोजना भएको ‘मेघा कन्सर्ट’मा आफूलाई आयोजकहरुले ज्यादै अपमानित गरेको भन्दै शिवले फेसबुक मार्फत आक्रोश पोखेका छन् ।

आयोजकको चरम लापरबाहीका कारण आफूले स्टेजमा गएर २ लाइन गीत गाएर फर्कनु परेको उल्लेख शिवको भनाइ छ । दर्शकले आफूबाट धेरै गीतको अपेक्षा गरेपनि आयोजकको चरम लापरवाहीले गीत गाउन नपाएको शिवले दुखेसो व्यक्त गरेका छन् । आफूले दर्शकले सोचे अनुरुपको गीत दर्शकहरुलाई प्रस्तुत गर्न नपाएकोमा शिवले आमदर्शकहरुलाई फेसबुकमार्फत नै माफी मागेका छन् । अहिलेसम्मको अन्तराष्ट्रिय कार्यक्रम मध्यकै आफू अपमानित भएको शिवको भनाइ छ । कार्यक्रम हेर्न झण्डै ७ हजार भन्दा बढि दर्शक कार्यक्रममा उपस्थित भएका थिए ।

siva-pariyar-status