काठमाडौँ, १५ साउन । साताको अन्तिम दिन बिहीवार शेयर बजार केही उकालो लागेको छ । केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार भने पहिलो आधा घण्टामा नै ३ अङ्कभन्दा माथि चढेको छ ।
बजार खुलेकोे केहि छिन पछि उकालो लाग्न थालेको नेप्से आधा घण्टाको व्यापारमा बढेर १ हजार ६५ दशमलव ४६ विन्दु पुगेको हो । सो अवधिसम्म व्यापारमा आएको वीमा समूह, बैङ्किङ समूह र होटेल समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक पनि उकालो लाग्न थालेको हो ।
जलविद्युत् समूहको परिसूचक १ दशमलव शून्य ६ प्रतिशतले बढेको छ । त्यसैगरि, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ३८ प्रतिशत र वित्त समूहको परिसूचक शुन्य दशमलव २९ प्रतिशतले बढेको छ ।
बैङ्किङ समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशतले घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक शून्य दशमलव २ र वीमा समूहको परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको हो ।














प्रतिक्रिया