२८ आश्विन २०८३, बुधबार

महिलाले पनि घोषणा गरे पुरुष जत्तिकै ज्याला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

म्याग्दी, १५ साउन । महिला र पुरुषबीच हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् ।

सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिँदा विभेद गर्नेजस्ता क्रियाकलापले समाजमा जरो गाड्न थालेपछि गौश्वारा गाउँका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउँ घोषणा गरेका हुन् ।

समान काम गरेर साँझ घर फर्कंदा पुरुषले ५०० र आफूले ३०० ज्याला पाउँदा महिला दुःखी थिए । तर समान ज्याला गाउँ घोषणा भएपछि पुरुष र महिला दुवैले बराबरी ज्याला बुझ्दा उनीहरु हर्षित भएका छन् ।

केही दिनअघि स्थानीय जमुना निउरेको नेतृत्वमा महिलाले एक समिति गठन गरेर गाउँलाई समान ज्याला गाउँ घोषणा गरेका हुन् । स्थानीय शिक्षक तुलप्रसाद शर्माका अनुसार महिला र पुरुष दुवैको एक दिनको पारिश्रमिक ५०० तोकिएको छ । यो ज्याला कृषि क्षेत्रमा गर्ने कामका लागिमात्र भएको बताइएको छ ।