२८ आश्विन २०८३, बुधबार

सर्मिला गुरुङको नयाँ तीज गीत बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ss

अनिल खत्री

गुल्मी, १५ साउन । एक समय दर्जनौँ गितमा आफनो स्वर दिएकी चर्चित गायिका शर्मिला गुरुङ पछिल्लो समय खासै चर्चामा छैनन् ।

नयाँ कलाकारहरुको प्रवेशसँगै राम्रो स्वर भएका पुराना कलाकारहरु ओझेलमा पर्ने गरेका छन । यही मेहेरोमा परेकी छिन, गुरुङ पनि ।

लोक संगीतको बजारमा डरलाग्दो विकृति भित्रिएको महशुस गर्ने गुरुङ्ले लामो अन्तरालपछि हिन्दु नारीहरुको महान पर्वलाई लक्षित गरेर तीज गीत बजारमा ल्याएकी छिन् ।

बजारमा भङ्किला खालका तीज गीतले बजार तताईरहेको बेला उनले भने महिलाहरुको बेदनालाई समेटेर तीज गीत सार्वजनिक गरेकी हुन् ।

आफनै लय शब्द र स्वरले सिर्जित तीज गीत नारी बेदनालाई समेटेर तयार पारेको शर्मिलाले बताइन् ।