२८ आश्विन २०८३, बुधबार

नेप्से विस्तारै सुधारमा आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepse-2071-4-14

काठमाडौँ, १४ साउन । आइतबार र सोमबार घटेको नेप्से बुधबार पनि १०.३८ अंकले घटेको छ । बुधवार नेप्से एक हजार ६२ दशमलब ४४ अंकमा झरेको छ ।

पुँजी बजारका लगानीकर्ता सतर्क भएपछि नेप्सेमा सुधार आएको विज्ञहरुले बताएका छन् । सरोकारवालाहरुले लगानीकर्तालाई सतर्क रहन अनुरोध गरेपछि नेप्से सुधारमा आएको हो ।

बुधबार नेप्सेमा १ सय ५६ कम्पनीका १३ लाख ५२ हजार कित्ता सेयर ७६ करोड ३२ लाख रुपैयाँमा किनबेच भयो ।

गत साताका दिनहरुको तुलनामा यो निकै कमी हो । गत साता एकै दिनमा एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

बुधबार होटल, जलविद्युत र फाइनान्स बाहेक सबै समूहगत उपसूचकहरु घटेका छन् । होटल समूहको उपसूचक ६९.६२ अंकले बढेको छ भने जलविद्युत समूहको ०.४८ अंकले र वित्त कम्पनी समूहको ६.२८ अंकले बढेको छ ।

बुधबार दिन वाणिज्य बैंक समूहको सूचक १५.४३ अंकले घटेको छ भने बीमा समूहको सूचक ६६.३४ अंकले घटेको छ ।

विकास बैंक समूहको ४.८९ अंकले र उत्पादनमूल समूहको उपसूचक १४.०१ अंकले घटेको नेप्सेले जनाएको छ ।